विदेशमा कोरोना संक्रमित र मृतक नेपालीको संख्यामा कमी, १२५ को गयो ज्यान

Home Feature समाचार समाज

काठमाडौं । विश्वभर कोरोना भाइरसको महामारीले ध्वस्त पारेको छ । तर विदेशमा नेपालीहरुको मृत्यु र संक्रमणको दर उल्लेख्य रुपमा कमी आएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता विदेशमा ६ जना नेपालीको कोरोनाबाट मृत्यु भएको छ । ५ हजार ५ सय ९० जना संक्रमण मुक्त भएका छन् । संक्रमण दर गत साता भन्दा ७५ प्रतिशतले कमी हो ।

गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा सन्जिव सापकोटाका अनुसार सो साता कतारमा ४ जना, कुवेतमा १ जना, युकेमा १ जना गरी ६ जनाले कोरोना भाइरसको कारणले ज्यान गुमाएका छन् । संघको पछिल्लो तथ्यांक अनुसार विभिन्न विदेशमा १ सय २५ जना गैरआवासीय नेपालीहरुको कोरोनाका कारणले निधन भएको छ ।

संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार विश्वका ३४ देशमा रहेका नेपालहरु कोरोना भाइरसबाट प्रभावित भएका छन् ।

१३ देशमा रहेका नेपालीहरुको ज्यान गएको छ । कोरोना भाइरसका कारण बेलायत, संयुक्त राज्य अमेरिका, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्र्की, नेदरल्याण्डस्, र स्वीडेनमा रहेका नेपालीको मृत्यु भएको छ ।

संयोजक डा सापकोटाका अनुसार विदेशमा मात्र १४ हजार ४ सय ५४ जना नेपालीमा संक्रमण गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् ।

समितिका अनुसार नेपालमा कोरोना संक्रमणको संख्या ३ हजार २ सय ३३ जना रहेका छन् भने १३ जनाको कोरोनाबाटै मृत्यु भएको छ ।