हिमानी शाहको प्रतिभा प्रस्फुटित, सामाजिक संजालमा भाइरल

Home Feature मनोरञ्जन समाचार

काठमाडौं । पूर्व युवराज्ञी हिमानी शाह आफ्नो नृत्यका कारण चर्चित भएकी छिन् । आफ्ना दुई छोरीहरु पूर्णिका र कृतिकासंग नाचिरहँदा तीन दिदीबहिनी जस्ती देखिएका छन् ।

लकडाउनको सदूपयोग गर्दै धेरैले आफ्नो प्रतिभा प्रस्फुटन गरिरहेका बेलामा पूर्व युवराज्ञीको यो प्रतिभा सार्वजनिक भएको हो । फेसबुक पेजमा उनले नाचेको भिडियो भाइरल भएको छ । यो टिकटकमा पनि राखिएको छ । इन्स्टाग्राममा पनि रहेको छ ।

‘यो मन त मेरो नेपाली हो’ भन्ने गीतमा पनि हिमानी र कृतिका नाचेका छन् । त्यस्तै तीन जना ‘गुराँसको फेदमुनि सम्झनाको छायाँ, जहाँ गयो किन लाग्छ मलाई तिम्रै माया’ गीतमा नाच्दा पूरा व्यवसायीक जस्ता देखिएका छन् ।

यो प्रतिभाको भने धेरैले प्रशंसा गरेका छन् ।

‘प्रयास मात्र गरेको कसे लाग्यो हाम्रो नृत्य प्रतिक्रिया पाउँ है’ भनी सोधिएपछि सबैजसोले उत्कृष्ट भनेका छन् ।