काउछो बन्यो कांग्रेस महाधिवेशन

राजनीति

काठमाडौं । नेपाली कांग्रेसले अब लोकतान्त्रिक पार्टीको बिल्ला झिके हुने भयो । किनकि वर्तमानले देखाइसकेको छ कि यो कत्तिको तानाशाही छ । यसमा लोकतन्त्रको धज्जी उडाइएको छ । प्रजातन्त्र यसले चिन्न छाडिसकेको छ । कांग्रेस अलोकतान्त्रिक हुँदाहुँदै सत्तामा छ ।
प्रसङ्ग हो कांग्रेसको महाधिवेशनको । कांग्रेसको १४ औं महाधिवेशन २०७६ साल फागुनमा हुनुपर्ने थियो । तर सभापति शेरबहादुर देउवाले महाधिवेशन गर्ने लक्षण नै ल्याएनन् । अहिलेसम्म चार पटक महाधिवेशनको तिथि सारिसके । अझै पनि सार्ने निश्चित छ । अर्थात् आगामी मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुने भनिएको महाधिवेशनको मिति पनि सर्नेछ ।
नेतृत्वले निर्धारित मितिमा महाधिवेशन गर्ने तदारुकता देखाएको छैन भने नेतृत्वमा जान प्रयासरत समूहले महाधिवेशनका लागि दबाब सिर्जना गरेको छैनर । त्यही कारण देउवा र इतर समूहका प्रमुख नेता रामचन्द्र पौडेलले नै तत्काल महाधिवेशन नचाहेका त होइनन् भन्ने प्रश्न तेर्सिएको छ ।
अहिले देउवा प्रधानमन्त्री छन्र । महाधिवेशन गर्ने प्रमुख दायित्व भए पनि राज्य–सत्ताको धपेडी र पार्टी–सत्ताको स्वादले उनका लागि महाधिवेशन
प्राथमिकतामा परेको छैनर । विश्लेषकहरु कुर्सीमा बसेको मान्छेलाई महाधिवेशनमा जानु के को हतारोर ? भनी विश्लेषण गरिरहेका छन् ।
यसको कारण पनि छ । किनकि देउवा आगामी निर्वाचनबाट पनि फेरि प्रधानमन्त्री बन्न चाहेका छन्र । पार्टी नेतृत्व गुमाए उनी प्रधानमन्त्री बन्न पाउने छैनन् । त्यसैले उनी फेरि सभापति हुने निश्चित नहुँदासम्म महाधिवेशन नै चाहँदैनन् र । त्यसैले पनि होला देउवाले महाधिवेशनबारे फितलो टिप्पणी गर्न थालेका छन् ।
उनले पछिल्ला दिनमा ‘महाधिवेशन कहिले हुन्छ भन्ने कुरा निर्वाचन समितिलाई थाहा हुन्छ,’ भनेर जवाफ दिएका छन् । अर्थात् देउवा तानाशाह बन्दैछन् । अलोकतान्त्रिक बन्दैछन् । आफू अवैधानिक सभापति हुँदा पनि गर्व गरिरहेका छन् ।
त्यसो त चौथोपटक सारिएको महाधिवेशनको मिति अन्योलमा पर्दासमेत इतर पक्षले नेतृत्वलाई पर्याप्त दबाब दिइरहेको छैन । यसको प्रमुख कारण हो– उनको समूहभित्रको अन्तरद्वन्द्व । पौडेल त सभापतिका प्रमुख आकांक्षी हुन् नै त्योसँगै उनकै समूहका डा. शशांक कोइराला, प्रकाशमान सिंह र डा. शेखर कोइराला सभापतिका आकांक्षी बनिरहेका छन् ।
यी तीनले पौडेललाई समर्थन गर्न नखोजेपछि उनी पनि के कम । त्यस्तै १३ औं महाधिवेशनका सभापतिका प्रत्यासी कृष्णप्रसाद सिटौला पनि चुँइक्क बोलिरहेका छैनन् । पौडेल र सिटौलाले देउवासँग सत्तामा बार्गेनिङ गर्न गएकाले पनि महाधिवेशनका लागि दबाब सिर्जना गर्ने हैसियत गुमाएको बुझ्न सकिन्छ ।
त्यसो त हालसम्म अधिवेशन सम्पन्न भएका पालिका र जिल्लाको परिणामले समेत पौडेललाई झस्काएको छर । ५ सय ५० पालिकामध्ये २ सय ५६ मा पौडेल र २ सय ५२ मा देउवा समूहले सभापति जितेका छन् । १३ जिल्लाबाट निर्वाचित ३ सय ६२ महाधिवेशन प्रतिनिधिमध्ये देउवानिकट १ सय ९६ र पौडेलनिकट १ सय २१ छन्र । निर्वाचनको प्रारम्भिक संकेत उत्साहपूर्ण नहुँदासमेत पौडेल लत्रिएको विश्लेषण गरिएको छ ।
कांग्रेसलाई लाज त यो अर्थमा पनि लाग्नुपर्ने हो कि विपक्षमा भएका बेलामा पनि महाधिवेशनका लागि तातेन । अहिले प्रमुख प्रतिपक्षी नेकपा एमालेले मंसिरमै महाधिवेशन गर्र्दैछ । कांग्रेसले दुई वर्षदेखि थालेको कदम र एमालेको दुई महिनाअघि थालेको कदममा एमाले अगाडि बढिसक्यो ।
कांग्रेसलाई नैतिक दवाव पनि पर्दैन भने त्यो तानाशाह प्रवृत्ति हो । यसले १० लाख क्रियाशील कार्यकर्ता बनाउने नाममा एमाले, माओवादी, राप्रपा, जसपा लगायतका धेरै दलका कार्यकर्तालाई पनि आफ्नो दलमा होमेर जुन प्रवृत्ति देखाएको छ त्यसले कांग्रेसलाई नै कमजोर गराएको छ । अहिले १० लाखको रटान यही प्रवृत्ति रह्यो भने भोलिका दिन एक लाखमा झर्न बेरै लाग्दैन ।