पाण्डेको उनानब्बौं जन्मजयन्ती

समाज

२०७८ माघ १ गते वरिष्ठ साहित्यकार पोषण पाण्डेको उनानब्बौं जन्मजयन्ती सम्पन्न भएको छ ।
पोषण पाण्डेको नाममा स्थापना भएको पोषण पाण्डे तीर्थ सदनले दोस्रो वर्षमा प्रवेश गरेको सन्दर्भ पारेर उहां प्रति श्रद्धाञ्जलि अर्पण गर्दै सरकारी विद्यालयमा कार्यक्रम मनाइयो ।
व्यापक रूपमा कोरोनाको तेस्रो लहर फैलिइरहेको भए पनि ललितपुरको पुरानो सरकारी विद्यालय श्री चोयना विणा गुरु गणेश आधारभूत विद्यालयमा सीमित विद्यार्थीमाझ कार्यक्रम सम्पन्न गरियो । पोषण पाण्डेको यसै वर्ष प्रकाशित ‘मेरी नैनी’ कविता संग्रहका दुई कविता विद्यार्थीले सुनाएका थिए ।
कार्यक्रमकै सिलसिलामा उक्त विद्यालयमा पुस्तकालय सञ्चालन गर्न ५० थान पुस्तक सदनको तर्फबाट सदनका सदस्य बिमल पाण्डेले प्रधानाध्यापक भीमप्रसाद गेलाललाई प्रदान गर्नुभयो ।
पुस्तकालय स्थापना गर्न प्रोत्साहनस्वरूप सदनबाट भएको यस योगदानले ८ कक्षासम्म पढाइ हुने उक्त विद्यालयका सय जना विद्यार्थी लाभान्वित हुने प्रधानाध्यापक गेलालले बताउँदै सदनप्रति विद्यालय परिवार कृतज्ञ रहेको बताए ।
उक्त पोषण पाण्डे तीर्थ सदनको अध्यक्ष वरिष्ठ साहित्यकार विजय चालिसे हुन हुन्छ भने महासचिबमा रन्जु पाण्डे हुन हुन्छ ।