विद्या सुन्दरको अदृश्य विकास मोह

नपत्याए पनि

पदावधि सकिने दिन नजिकिंदै जाँदा विद्या सुन्दरले अदृश्य विकास खर्चको विल मिलान गर्न, अदृश्य आयोजनाको रकम मन परेका वडा अध्यक्षलाई विनियोजन गर्न र उजुरी परेका विकास निमार्ण कार्य सम्पन्न नहुँदै ठेकेदारलाई पेश्की रकम दिन मेयरज्यूको अदृश्य विकास निमार्णको बिल भुक्तानीमा निकै चासो बढेको काठमाडौं महानगरका लेखा प्रमुखहरु कानेखुसी गर्दै थिए ।


थापाको दैनिकी


कार्यकर्ता उकास्ने समर्थक भड्काउने शुभचिन्तकलाई आर्थिक प्रलोभनमा पार्ने र एमाले प्रवेशको लागि वातावरण तयार गर्ने अचेल कमल थापाको दिन यसरी बित्ने गरेको धुम्बाराही पार्टी कार्यालयमा चर्चा चल्ने गरेको नारदले चाल पायो ।


भ्रष्टाचारमा पनि एमसीसी


खानी उत्खनन्मा राजश्व हिनामिना गरेकोले नांै खानी कम्पनी, नौ सञ्चालक, नौ कर्मचारीमाथि भ्रष्टाचार मुद्दाबारे ने.उ.वा.महासंघ, ने.उ.परिसंघ र नेपाल चेम्वर अफ कमर्सका अध्यक्षहरुले देउवाका सल्लाहकारलाई भेटेर विरोध जनाएपछि सके मुद्दा फिर्ता लिने नसके प्रमाण कमजोर बनाउँदै मुद्दा लम्ब्याउनतिर लाग्ने मन्त्रणापछि उद्योगीहरुलाई एमसीसी राष्ट्रहितमा छ भनेर बोल्न लगाएको माओवादी समर्थक उद्योगीहरु पेरिस डाँडामा हल्ला गर्दै थिए ।


अर्को झनै महाफटाहा रै’छ


गठबन्धन टुट्दैन चुनावसम्म जस्तोसुकै कठिनाई परे पनि मिलेर गइन्छ गठबन्धनलाई बाधा पर्ने काम गरिन्न भनेर बुढानिलकण्ठ दरवारमा कसम खाएको ६ महिनामा नै एमसीसी यथावत पारित गर्न मन्त्री लगायत राजदूत, संवैधानिकमा एकलौटी गर्न खोज्ने नत्र गठबन्धन तोडिन्छ भन्दै धम्की दिन थालेपछि एउटा फटाहा भनेको त अर्को महाफटाहा रैछ प्रचण्ड–माधव समर्थकहरु हल्ला गर्दै थिए ।


नो कपी पेष्ट भाषण


गठबन्धन टुट्दैन चुनावसम्म रहन्छ प्रत्येक दिन सुन्ने, सुनाउने, पढ्ने र माधवले बोल्ने कपी पेष्ट भाषण माघ २६ पछि नो पार्टी गठबन्धन, नो गठबन्धन सरकार, नो कपी पेष्ट भाषण गठबन्धन टुटाएर एमाले सहितको चुनावी सरकार र यथास्थितिमा एमसीसी पास ओली–देउवाको टेलिफोन बार्ता बारे भक्तपुरमा बसेको एमालेको केन्द्रीय सचिवालय बैठकमा चर्चा चल्दै थियो ।