मन्त्री आलेको अराजकता ः पदीय मर्यादा भुलेपछि

Home Feature समाचार


मन्त्रालय संस्कृति तर संस्कतिको ठीक उल्टो व्यवहार विकृति मन्त्री प्रेमबहादुर आलेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सभालेका छन् तर व्यवहार भने बिलकुल उल्टो । आपूm मातहतका एउटा उच्चस्तरीय कर्मचारी अर्थात नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्षमाथि आफ्नै कार्यकक्षमा बोलाएर उनले जस्तो दानवीय व्यवहार गरे, त्यसको सर्वत्र निन्दा भएको छ र निन्दा जति गरे पनि अपुग नै हुन्छ । त्यसो त लाजघिन नलागेपछि मान्छेले सबै कुरा जितें भनिठान्छ रे । युवराज अधिकारीमाथिको व्यवहार सभ्य व्यक्तिले कदापि गर्न सक्दैन । कसैलाई रिसको आवेगमा केही गाली नै गर्नु छ भने पनि सभ्य भाषा र शिष्टतापूर्वक नै गर्न सकिन्छ । कार्यकारी अध्यक्षलाई हप्काउनु नै थियो भने पनि सभ्य भाषा र व्यवहार गर्न सकिन्थ्यो, त्यति बुझ्ने क्षमता उहाँमा थियो । अहिले सबैतिर मन्त्री आलेको व्यवहारप्रति क्षोभ प्रकट भैराखेको छ र राजनीतिक वृत्तमा यस्ता मन्त्रीलाई तत्काल कारबाहीको दायरामा ल्याउनु पर्दछ भन्ने आवाज व्याप्त छ । आफ्नो कार्यकालमा कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमको वस्थामा उल्लेखनीय सुधार गरेका छन् । गन्तव्य बढाउने, सीट उपयोग ९० प्रतिशतमा पु¥याउने, विमानको उडान घण्टा बढाने, निगमको विश्वसनीयता बढाएर निगमको टिकटलाई अन्य ठूला विमान कम्पनीको उडानमा स्वकिार गर्ने, खतराजन्य पदार्थको ओसार पसारमा कार्गो लिन पाउने र ओभरड्राफ्टकर्जा चुक्ता गरेर वित्तीय स्थिति सुधार्ने काम गरेका छन् । त्यसलाई मेरो मातहतको निगमले ठूलो उपलब्धि हासिल गरेको छ गौरव गर्नुको सट्टा आफ्नो क्षुद्र स्वार्थको लागिग जुन प्रकारको अपमानित गर्ने हरकत गर्नुका साथै भौतिक आक्रमणको चेतावनी दिनेजस्ता व्यवहारले आलेलाई पाँच मिनेट पनि मन्त्री पदमा बस्ने अधिकार छैन भन्ने स्पष्ट भएको छ । भविष्यमा यस्ता हरकत आफ्ना कर्मचारी वा सर्वसाधारणमाथि मन्त्रीले गर्न सकून भनेर प्रधानमन्त्रीले तत्काल बरखास्त गर्नु पर्दछ । त्यसो त नेकपा एकीकृत समाजवादीले फिर्ता गर्ने प्रस्ताव गरेको छ, त्यति पनि नपर्खी मन्त्री आलेलाई पदमुक्त गर्ने साहस प्रधानमन्त्रीले देखाउनु हुनेछ भन्ने अपेक्षा जनसाधारण र पर्यटनसँग सम्बन्धित निकायले राखेका छन् ।