‘नागरिकता विधेयक अघि बढाउनु हुँदैन’

Home Feature समाचार

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नागरिकतासम्बन्धी विधेयक अघि बढाउन नहुने बताएका छन् । सरकारले उक्त विधेयक पारित गराउने गरी अघि बढाएको भन्दै केसीले यो नेपालको हितमा नभएको टिप्पणी गरे । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले नागरिकतासम्बन्धी विधेयक पारित भए नेपालमा जनसांख्यिक आक्रमण भएसरह हुने जिकिर गरे । नागरिकले नागरिकता पाउने विषयमा भने आफूहरूको विरोध नरहेको उनले स्पष्ट पारे । केसीले वंशजको नागरिकता दिनका लागि आमा पनि वंशज र बुवा पनि वंशज हुनुपर्ने आफूहरूको अडान रहेको बताए । अहिलेको पाँचदलीय
सत्ता गठबन्धन आउँदो निर्वाचनसम्म कायमै रहने पनि उनले उल्लेख गरे । अमेरिकाको प्रस्तावित एसपीपी कार्यक्रम अस्वीकार गर्नेबारे नेपालका दलले लिएको निर्णय स्वागतयोग्य रहेको उनले बताए ।