प्रहरीमा मनपरी हुँदा गृहमन्त्री मौन

Home Feature

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले आफूले प्रहरीभित्रको सरुवा र बढुवामा कुनै हस्तक्षेप नगर्ने बताउँदै निष्कक्षताका आधारमा काम गर्ने बताउँदै आएका छन् । सुशासन र भ्रष्टाचार नियन्त्रण आफ्नो मुख्य उद्देश्य बताउने गरेका गृहमन्त्री लामिछानेको अभिव्यक्ति झुठो ठहरिएको छ । उनले भन्ने गरेको निष्पक्षता जनताको आँखामा छारो हाल्ने मात्र रहेको देखिएको छ । लामो समयदेखि रिक्त गरेको ८ एसपीको दरबन्दीमा बढुका लागि नाम सिफारिस गर्दा भेदभाव गरिएको छ । प्रहरी महानिरीक्षक वसन्तु कुँवरको अध्यक्षतामा रहेको बढुवा समितिले बुधबार राति ८ डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरेको थियो । जसमा बढुवा दाबेदारको पहिलो नम्बरमा रहेका डीएसपी प्रदीपकुमार क्षेत्री छुट्दा अत्मिमा रहेका विनोन घिमिरे बढुवका भएका छन् । घिमिरे कुनै समय हालका प्रधानमन्त्री प्रचण्डको पीएसओ थिए ।
गत साउनयता नेपाल प्रहरीमा८ एसपीको दरबन्दी खाली थियो । जसमा मुख्य गरी १२ जना प्रतिस्पर्धामा थिए । डीएसपीमा रहेको वरियता अनुसार पहिलो नम्बमा प्रदीपकुमार क्षेत्री थिए । १२ औं नम्बरमा भने विनोद घिमिरे थिए । यसअघि प्रहरी महानिरीक्षक कुँवरले वरियाताक्रम अनुसार बढुवा गर्ने भन्दै कार्यक्षमता र कार्यसम्पादन मूल्यांकनलाई कम महत्व दिँदै आएका थिए । सोही नीति अनुसार गत ३० वैशाखमा डीएसपीबाट एसपी बढुवा गर्दा कारबाही भोगेका तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएका श्यामकुमार राई समेत बढुवा भएका थिए । राई प्रहरी वृत्त बौद्धको प्रमुख भएका बेला घुससहित पक्राउ परेका थिए ।
अहिलेको बढुवा सिफारिस सूची अनुसार पहिलो नम्बरमा ढकेन्द्र खतिवडा, दोस्रो नम्बरमा अंगुर जिसी, तेस्रोमा यादव ढकाल, चौथोमा सन्तोष तामाङ, पाँचौंमा श्यामबाबु ओलिया, छैटौंमा निरञ्जनदत्त भट्ट, सातौं राजन लिम्बू र आठौं नम्बरमा विनोद घिमिरे बढुवाका लागि सिफारिस भएका छन् । बढुवा सिफारिस भएकामध्ये सन्तोष तामाङ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पीएसओ हुन् । राजन लिम्बू पनि ओलीका पूर्वपीएसओ हुन् । डीएसपीमा रहँदा लिम्बु आठौं, तामाङ नवौं र घिमिरे १२ औं नम्बरमा थिए । उनीहरुलाई बढुवा गर्दा पहिलो नम्बरका क्षेत्री र छैटौं नम्बरका नारायण रञ्जितकार बढुवामा छुटेका छन् । सिफारिस गरिएको सूचीको पहिलो नम्बरमा ढकेन्द्र खतिवडा, दोस्रोमा अंगुर जिसी, तेस्रोमा यादव ढकाल, चौथोमा सन्तोष तामाङ, पाँचौंमा श्यामबाबु ओलिया, छैटौंमा निरन्जनदत्त भट्ट, सातौंमा राजन लिम्बू र आठौंमा विनोद घिमिरे रहेका छन् । २०७२ साउन १ गते प्रहरी निरीक्षकबाट डिएसपी बढुवा हुँदा पहिलो नम्बरमा प्रदीपबहादुर क्षेत्री थिए। तर अहिले एसपीमा बढुवा सिफारिस गर्दा क्षेत्रीको नाम छुटाइएको छ भने आठौं, नवौं र १२औं नम्बरका पिएसओ भइसकेका अधिकृतहरू सिफारिसमा परेका छन् । त्यस्तै छैटौं नम्बरका डिएसपी पनि छुटेका छन् । ८ दरबन्दीका लागि १२ जना डिएसपी प्रतिस्पर्धामा थिए । बढुवा सिफारिस समितिले प्रधानमन्त्री र एमाले अध्यक्षका पिएसओ भइसकेकालाई प्राथमिकता दिएपछि अहिले सामाजिक सञ्जाल र मिडियामा प्रश्न उठाइएको छ । प्रहरी नियमावली २०७१ को नियम २७ को १ (ग) अनुसार प्रहरी उपरीक्षक (एसपी), प्रहरी नायब उपरीक्षक (डिएसपी) र प्रहरी निरीक्षक पदका लागि बढुवा समितिको अध्यक्ष प्रहरी महानिरीक्षक हुने वयवस्था रहेको छ । त्यस्तै गृह मन्त्रालयका सहसचिव सदस्य र महानिरीक्षकले तोकेका व्यक्ति सदस्य सचिव हुन्छन् । बढुवा समितिले गरेको सिफारिसमा चित्त नबुझेमा निर्णय भएको मितिले ७ दिनभित्र उजुरी दिन सकिने नियमावलीमा उल्लेख छ। अहिलेसम्म बढुवामा नपरेकाले उजुरी गर्ने नगर्ने स्पष्ट छैन । वरियता मिचेर बढुवाका लागि सिफारिस गर्दासमेत गृहमन्त्री लामिछानेले यो विषयमा सार्वजनिक रुपमा कुनै टिप्पणी गरेका छैनन् । सुशासनका ठूला गफ दिने गृहमन्त्रीले यो विषयमा मुख नखोल्नुनले उनले भूमिका माथिसमेत प्रश्न उठेको छ ।