भीमसेन थापाको २४५ औँ जन्मजयन्ती

काठमाडौं । राष्ट्रिय विभूति भीमसेन थापाको २४५ औँ जन्मजयन्तीका अवसरमा शुक्रबार उनीप्रति श्रद्धान्जलि अर्पण गरिएको छ । यस वर्ष विश्वव्यापी महामारी कोभिड–१९ का कारणले सामूहिक भेला हुन सक्ने अवस्था नभएकाले औपचारिक कार्यक्रम नगरी उनीप्रति श्रद्धासुमन अर्पण गरिएको राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानले जनाएको छ । नेपाल एकीकरणको प्रमुख अध्याय समाप्त भएको करिव छ वर्षपछि […]

Read more

विपद्मा पनि सरकार रमिते

काठमाडौं । नेपालमा आपद् विपद् पर्दा काम लाग्ने गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण रहेको छ । त्यो प्राधिकरणको काम चौबीसैघण्टा कहाँ विपद् पर्छ त्यहाँ उद्दार, राहत र व्यवस्थापनमा जुट्नु हो । हरेक वर्ष करोडौं रुपैयाँ तिनै कामका लागि खर्च भएको देखाइन्छ । तर यथोचित व्यवस्थापन अहिलेसम्म भएको पाइएको छैन । मनसुनमा नेपालमा […]

Read more

सलहले काठमाडौँ पनि घुम्यो

काठमाडौं । शनिबार भारतबाट नेपाल प्रवेश गरेको सलह किराले काठमाडौंको पनि यात्रा गरेको छ । मंगलबार साँझ काठमाडौँको आकाशमा देखिएको हो । सलहको ठूलो संख्या काठमाडौँका विभिन्न स्थानमा पूर्वबाट पश्चिमतिर गएको देखिएको थियो । करिब पाँच–सात लाखको सङ्ख्यामा रहेको सलहको हुल स्वयम्भुमाथिबाट नागार्जुनको जङ्गलतिर बास बस्न गएको अनुमान गरिएको छ भने एक हुल ललितपुरतिर आएको […]

Read more

नेपालमा १० हजार नाघे कोरोना संक्रमित, २४ को मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड– १९) को सङ्क्रमणको कारणले मंगलबार एक जनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा दैलेख दुल्ल नगरपालिका–३ घर भएका ४५ वर्षीय पुरुषको कोभिड–१९ को कारण मृत्यु भएको जानकारी दिइयो । मन्त्रालयका प्रवक्ता डा जागेश्वोर गौतमका अनुसार ती व्यक्तिको सुर्खेतस्थित प्रादेशिक अस्पतालको आइसोलेशनमा उपचारको […]

Read more

‘लार’ ले जित्यो बाह्रखरी कथा प्रतियोगिता–२०७७

काठमाडौं । बाह्रखरी बुक्सको राष्ट्रव्यापी खुला आधुनिक कथा प्रतियोगिता–२०७७ मा मुना चौधरीको कथा ‘लार’ प्रथम भएको छ । कथामा प्रथम भएकी सिराहाकी कथाकार चौधरीले एक लाख नगद पुरस्कार, सिल्ड र प्रमाणपत्र प्राप्त गरेकी छन् । वैशाख १२ मा विजेता घोषणाको तयारी भए पनि लकडाउनका कारण हुन सकेको थिएन । सोमबार काठमाडौंको चन्द्रागिरिबाट विजेताहरुको नाम अनलाइन […]

Read more

लिम्पियाधुरा नक्सामा समेटिएपछि सबैभन्दा बढी प्रतिशत खण्डग्रास सूर्यग्रहण देखियो

काठमाडौं । आषाढ कृष्ण औँसीका दिन आइतबार बिहान १०ः५० बजेदेखि दिउँसो २ः२३ बजेसम्म खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लागेको छ । बिहान १०ः५० बजे स्पर्श भएको सूर्यग्रहण मध्याह्न १२ः३८ बजे मध्य र दिउँसो २ः२३ बजे मोक्ष प्राप्त गरेको हो । नेपालबाट तीन घण्टा ३३ मिनेटसम्म सूर्यग्रहण देखिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र […]

Read more

महानिरीक्षक खनालबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म दार्चुलाको भवन उद्घाटन

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५० गुल्म दार्चुलाको नव निर्मित भवनको बुधबार असार ३ गते उद्घाटन गरेका छन् । सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा भौगोलिक विकटताका बावजुद त्यस क्षेत्रमा सशस्त्र प्रहरी कर्मचारीहरुले शान्ति सुरक्षामा पुर्याएको योगदानको प्रशंसा गर्दै कोभिड–१९ महामारी नियन्त्रणमा देशभर सशस्त्र प्रहरीको परिचालन तथा भूमिका महत्वपूर्ण […]

Read more

कोरोनाबाट एकैदिन २१३ संक्रमित थपिए, एक सयले जिते कोरोना

काठमाडौं । नेपालमा आइतबार एकै दिन १०२ जना कोरोना भाइरस संक्रमितले कोरोना जितेका छन् । योसँगै अहिलेसम्म ४६७ जनाले कोरोनालाई जितेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले विभिन्न अस्पतालबाट १०२ जना डिस्चार्ज भएका जानकारी दिए । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा देवकोटाले डिस्चार्जमध्ये दुई महिला र १०० पुरुष रहेको बताए […]

Read more

विदेशमा कोरोना संक्रमित र मृतक नेपालीको संख्यामा कमी, १२५ को गयो ज्यान

काठमाडौं । विश्वभर कोरोना भाइरसको महामारीले ध्वस्त पारेको छ । तर विदेशमा नेपालीहरुको मृत्यु र संक्रमणको दर उल्लेख्य रुपमा कमी आएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता विदेशमा ६ जना नेपालीको कोरोनाबाट मृत्यु भएको छ । ५ हजार ५ सय ९० जना संक्रमण मुक्त भएका छन् । संक्रमण दर गत साता […]

Read more

कोरोना संक्रमित बढेको बढ्यै, मृतक १३ पुगे, ३२३५ संक्रमित, विश्वभर ८० औं स्थानमा

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । शनिबार दुई जना मृतकमा कोरोना देखिएको पुष्टि भएको हो । नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ । शनिबार थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ३,२३५को छ । संक्रमित हुनेहरुमा २८६ जना पुरुष र ३७ जना […]

Read more