चलचित्र निर्देशकहरुलाई राहत

मनोरञ्जन

काठमाडौं । कोरोना भाइरसको महामारीको कारण समस्यामा परेका नेपाली चलचित्रका निर्देशकहरुले राहत पाउने भएका छन् । नेपाल चलचित्र निर्देशक समाजले कोरोना माहामारीले समस्यामा परेका निर्देशकहरुको पहिचान गरी राहत दिने जनाएको हो ।

सोमबार बसेको भर्चुअल बैठकबाट भएको निर्णयअनुसार राहत वितरण गरिने समाजले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ ।

कोरोना संक्रमणको महामारीको अवस्थामा चलचित्र क्षेत्रको निर्देशन विधामा काम गर्ने सहायक निर्देशक, मूख्य सहायक निर्देशक वा निर्देशकहरुलाई यस महामारीको कारणबाट दैनिक खानपान र स्वास्थ्यको समस्या पर्न गएको खण्डमा यथाशिघ्र सम्पर्क गर्न आग्रह गरिएको छ ।