नेपाली कलाकारले देखाए जाँगर, घरमै बसेर बनाए फिल्म, हेर्नुस् नयाँ चलचित्र

Home Feature मनोरञ्जन

काठमाडौं । कोरोना भाइरसको महामारीले धेरैजसो व्यवसाय अस्तव्यस्त छ । फिल्मी क्षेत्र त ध्वस्त नै भएको छ ।

तर नेपाली केही जुझारु कलाकारहरुले घरमै बसीबसी लकडाउनका बेलामा भिडियो बनाएर एउटा फिल्म नै तयार गरेका छन् ।

अभिनेता सन्दीप क्षेत्रीले लकडाउनमा दिमाग खेलाउँदै ‘लकडाउन’ नामक सानो चलचित्र नै तयार पारेका छन् । सन्दीप आफैले लेखेको कथामा बरिष्ठ कलाकारहरु मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपक राज गिरी, दीपाश्री निरौला, किरण केसी, निर्मल शर्मा, संजय श्रेष्ठ र क्षेत्रीको अभिनयछ ।

लौ हेर्नुहोस् घरमै बसीबसी नयाँ चलचित्र ‘लकडाउन’