शोकमा बलिउड, गुमायो ऋषि कपूर र इरफान खानलाई

Home Feature मनोरञ्जन

काठमाडौं । बलिउड अहिले शोकमा छ । बुधबार इरफान खान र बिहीबार ऋषि कपूरलाई गुमाएको छ । इरफान ५३ र ऋषि ६७ वर्षका थिए । दुई अभिनेतालाई गुमाउँदा बलिउड पीडामा रहेको हो ।

दुवै दमदार कलाकार थिए । दुवैलाई क्यान्सरले लगेको हो । ऋषि कपूर दुई वर्षसम्म ब्लड क्यान्सरका कारणका पीडामा थिए ।

ऋषि र इरफानले डी–डे फिल्ममा संगसंगै काम गरेका थिए । यो फिल्म सन् २०१३ मा रिलिज भएको थियो ।

दुवैका करोडौं फ्यान छन् । तर कोरोना भाइरसको संक्रमणका कारण भारतभर लकडाउन हुँदा भने उनीहरुको अन्तिम संस्कारमा समेत २० जना बढी सहभागी हुन सकेनन् ।

दुवैको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि सम्पूर्ण बलिउडकर्मी सबैले शोक व्यक्त गरेका छन् ।