नेपालमा कोरोना ५९ जिल्लामा छिर्‍यो, संक्रमित एकैदिन २२६ थपिए, १७९८ पुगे

Home Feature समाचार समाज

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमित दिनानुदिन बढ्दै गएका छन् । कोरोना ५९ जिल्लामा पुगेको छ । सोमबार डोटीमा पनि देखिएको छ । संक्रमित सोमबार २२६ जना थपिएका छन् ।

थपिएसंगै संक्रमितको संख्या १ हजार ७ सय ९८ जना पुगेका छन् । अधिकांश संक्रमित भारतबाट आएका हुन् ।

कोरोना संक्रमितमा डेंगी रोगसमेत देखिएको छ । क्वारेन्टाइनमा रहेकाहरुमा लामखुट्टेले बढी टोकेपछि डेंगी रोगीहरु बढेका हुन् ।

गत वर्षमात्रै १६ हजार जनामा डेंगी देखिएको थियो । त्यसमा ६ जनाको ज्यान गएको थियो । यो वर्ष ८२ जनामा डेंगी भइसकेको छ ।

काठमाडौंमा समेत डेंगी देखिएको छ । काठमाडौंमा ७ र ललितपुरमा ३ जनामा डेंगी देखिएको छ । प्रायः यो तराईमा बढी देखिन्छ ।

कोरोनाबाट अहिलेसम्म ८ जनाको ज्यान गएको छ । विश्वभर भने १३० नेपालीको ज्यान गएको छ ।

सरकारले उचित व्यवस्थापन गर्न सकेको छैन । अहिलेसम्म २२१ जनालाई मात्र निको भएको छ । १ हजार ५ सय ६९ जना आइसोलेसनमा रहेका छन् ।

१ लाख १३ हजार ७ सय ५७ जना क्वारेन्टाइनमा रहेका छन् । पीसीआर विधिबाट अहिलेसम्म ७१ हजार ९ सय ३ जनाको मात्र परीक्षण भएको छ ।