उपत्यकामा जेठ २० सम्म निषेधाज्ञा, खाद्यान्‍न पसलसमेत खोल्न नपाइने

Home Feature समाज

काठमाडौं । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्ब्याइएको छ । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठकले निषेधाज्ञाको अवधि एक साता लम्ब्याएको हो । मंगलबार बसेको बैठकले जेठ २० गते राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याउँदै यो अवधिमा खाद्यान्‍न पसल पनि बन्द गर्ने निर्णय गरेको छ ।

तरकारी पसल र फलफूल पसल बिहान ९ बजेसम्म खोल्न पाइने छ । अन्य पसल खोल्न पाइने छैन । त्यसैगरी विकास निर्माणसँग सम्बन्धित सबै सवारी साधनलाई सञ्‍चालनमा रोक लगाइएको छ । यसअघि जिल्ला प्रशासन कार्यालयले जारी गरेका सबै सवारी पास खारेज गरिएको छ ।

कार्यालय समयमा पनि कर्मचारीलाई समयमै पुग्न तोकिएको छ । मृत्यु संस्कार, विवाह लगायतका सवारी साधनलाई भने तोकिएका मापदण्डभित्र रहेर अनुमति दिइने छ । विवाहका लागि एउटा सवारी साधनमात्रै अनुमति दिइने र त्यसमा अधिकतम ७ जनालाई मात्र यात्र अनुमति दिइने छ ।

सरकार विरुद्धका नारा जुलुसहरु लाग्ने चर्चा चलिरहँदा काठमाडौं उपत्यकामा सरकारले कडाइ गर्ने योजना बनाएको हो ।