उपनिर्वाचन ः सत्ता गठबन्धनमा किचलो

काठमाडौँ । उपनिर्वाचनका लागि एमालेले हतारमा इलाम क्षेत्र–२ मा सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई बनाएपछि सत्तारुढ दलभित्र किचलो शुरु भएको छ । हुनत सुहाङ सबैभन्दा उत्तम पात्र हुन् । किनकि बाबु मरेपछि पहिलो प्राथमिकता उनको परिवारले पाउने चलन नेपाली राजनीतिमा पचासको दशकदेखि नै विकसित भएको हो । तर अहिले संविधान सभाका अध्यक्ष एवं एमाले उपाध्यक्ष […]

Read more

प्रहरीमा मनपरी हुँदा गृहमन्त्री मौन

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले आफूले प्रहरीभित्रको सरुवा र बढुवामा कुनै हस्तक्षेप नगर्ने बताउँदै निष्कक्षताका आधारमा काम गर्ने बताउँदै आएका छन् । सुशासन र भ्रष्टाचार नियन्त्रण आफ्नो मुख्य उद्देश्य बताउने गरेका गृहमन्त्री लामिछानेको अभिव्यक्ति झुठो ठहरिएको छ । उनले भन्ने गरेको निष्पक्षता जनताको आँखामा छारो हाल्ने मात्र रहेको देखिएको छ । लामो समयदेखि रिक्त गरेको […]

Read more

सत्ता टिकाउनका लागि विवादित व्यक्तिहरुसँग सहकार्य

प्रचण्डको साथमा ‘स्वार्थी झुण्ड’ काठमाडौँ । जो आफैँ सरकारको नेतृत्व गरिरहेका छन् उनैले पटक पटक आफू नेतृत्वको सरकार भङ्ग गरेर गठबन्धन फेर्छन् भने परिकल्पना गरौँ त्यसको प्रमुख उद्धेश्य के होला । छिमेकीहरु पनि कहिले एउटालाई बोक्ने र कहिले अर्कोलाई बोकेर पहिलोलाई गाली गर्ने अनि फेरि दोस्रोलाई गाली गरेर पहिलोलाई गर्ने कुकर्म गर्न कसैले सक्छ भने […]

Read more

एमाले पनि समाजवादी मोर्चामा ?

काठमाडौँ । नेपाली कांग्रेस सहितको गठबन्धन भएका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बनाएको समाजवादी मोर्चामा नेकपा एमालेलाई पनि राख्न पहल थालिएको छ । नेकपा अध्यक्ष एवं अहिले मोर्चाको अध्यक्ष सम्हालिरहेका नेत्रविक्रम चन्दले एमालेलाई पनि सहभागी गराउन पहल थालेपछि भने अब एमाले पनि जोडिने देखिएको छ । तर एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू हतारिएर भन्दा […]

Read more

निरीह बन्दै गृहमन्त्री लामिछाने

काठमाडौँ । पूर्व मिडियाकर्मी रवि लामिछाने यतिबेला गृहमन्त्री छन् । मिडियाकर्मी हुँदा दिनरात नेतालाई गाली गरेर नथाक्ने लामिछाने अहिले त मिडियालाई नै तह लगाउन निर्देशन दिन भ्याए । तर मिडिया के हो ? भन्ने थाहा भएर पनि अरिंगालको गोलामा हात हालेका रविले गलत निर्देशन दिएको थाहा पाएको केही घण्टामै उक्त निर्देशन फिर्ता लिन बाध्य भए […]

Read more

माओवादीका धेरैजसो शीर्ष नेताहरु सुन प्रकरणमा मुछिए

कसको “कनेक्सन” कता ? काठमाडौँ । सर्वहारा वर्गको उत्थानका लागि भन्दै हात्तीछाप चप्पल लगाएर संघर्ष गर्दै जंगल लागेका माओवादीका नेताहरु सर्वहारालाई घर न घाटका बनाएका भए पनि आफूहरु भने १७ वर्ष सत्तामा रहेसँगै सुनका जुत्ता लगाउन सक्ने हैसियतमा पुगेका छन् । १० वर्ष संघर्ष गर्ने क्रममा १७ हजारको ज्यान लिएर उथलपुथल गरेका माओवादी नेताहरु छोटो […]

Read more

निरीह बन्यो प्रदेश प्रमुख पद

काठमाडौँ । नेपाल संघीय प्रणालीमा गएको भए पनि संघको ठाडो हस्तक्षेपले प्रदेश मारमा पर्दै आएको छ । त्यतिमात्र होइन प्रदेश प्रमुख पार्टीको झोले भइदिनाले सरकारले प्रदेश प्रमुखलाई सत्ता अनुकूलको खेलमा नियुक्ति गर्ने र बर्खास्त गर्ने गरेको छ । जुनसुकै सरकार आएपछि प्रदेश प्रमुखको पद धरापमा पार्ने गरी सत्ता अनुकूलतामा प्रयोग गर्न थालिएपछि पदीय गरिमा ह्वात्तै […]

Read more

नयाँ गठबन्धनमा पनि रडाको

काठमाडौँ । नेपाली कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग नयाँ गठबन्धन गरेपछि नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (एस) र जनता समाजवादी पार्टी (जसपा) मा आन्तरिक किचलो देखिएको छ । तीन ओटै पार्टीका अध्यक्षहरु पार्टीभित्र तानाशाही शैलीमा अगाडि बढ्दा आन्तरिक किचलो बढेको ती पार्टीका नेताहरुले नै आरोप लगाएका छन् । दुवै पार्टीका सांसदहरुले पार्टीमा पर्याप्त छलफल नगरी […]

Read more

कहिले पक्राउ पर्छन् ‘ठूला माछा’ ?

काठमाडौँ । नेपालमा थुप्रै अनुसन्धान भएका छन् । जतिसुकै अनुसन्धान भएर आरोपी भए पनि ठूलामाछा भने कहिल्यै जालमा परेनन् । न ललिता निवास जग्गा प्रकरणमा ठूला माछा परे न अन्य ठूला घटनामा । मन्त्रिपरिषद्को निर्णयमा प्रधानमन्त्री जिम्मेवार हुन्छ । ललिता निवासमा दुई पूर्व प्रधानमन्त्रीहरु दोषी हुन सक्थे । तर त्यसो भएन । भुटानी शरणार्थी काण्डमा […]

Read more

कुम जोड्दै ओली–नेपाल

काठमाडौँ । समय सबैभन्दा बलबान छ भनेर त्यसै भनिएको हैन होला । माधवकुमार नेपालको नाम लिएपछि मुख कुल्ला गर्नुपर्ने हुने भनेर केपी शर्मा ओलीले दुई वर्षअघि नै भनेका थिए । त्यसपछि त दुई नेताको पानी बाराबार थियो । लाग्थ्यो बाँचुन्जेल यी नेताहरुको कहिल्यै कुम जोडिने छैन । तर समयले फेरि कुम जोडाइदिएको छ । त्यसैले […]

Read more