खलनायक थापा

नपत्याए पनि नारद

न कार्यकर्ताको भिड, न राजनीतिक उत्साह, न शुभकामना र सन्देश, न बधाईको ओइरो, न सञ्चार माध्यममा व्रेकिङ्ग न्यूज, न राष्ट्रिय शान, न राष्ट्रको आवश्यकता कहीं न कहीं कतै न कतै सबैलाई धोका दिने खलनायक स्वभाव र छविका कमल थापा र उनका आसेपासेहरुले प्रतिशोध साँध्नका लागि खोलेको पार्टीबाट निम्ता आथ्यो गइएन थापाका शिष्यहरु नारदलाई सुनाउँदै थिए ।


डलरे प्रतिगमन


सात महिनाअघि संसद विघटन गरेका केपीलाई संविधान विरोधी, प्रतिगमनकारी र गणतन्त्रका षड्यन्त्रकारी देख्नेहरुले तिनै केपीलाई अहिले रातो कार्पेट विछ्याएर प्रतिगमन सच्चियो भन्दै साष्टाङ्ग दण्डवत गर्न बारम्बार बालकोट पुग्ने देउवा र तिनका मतियार शेखर, रामशरण, प्रकाशशरण, विमलेन्द्र, रामचन्द्र, गगन, मिनेन्द्र र सिटौलाहरुको डलरे मद्होस चुनावपछि देखिनेछ प्रचण्ड–माधवहरु हल्ला गर्दै थिए ।


शुरु भो पैसाको राजनीति


एमाले, कांग्रेस र माओवादीको अधिवेशनमा पदाधिकारी हुन त करोडौंको चलखेल भो भने स्थानीय, राष्ट्रिय सभा, संघ र प्रदेशको संसदीय निर्वाचनमा ठूला पार्टीबाट टिकट पाउन १ देखि २ करोड चाहिन्छ भने स्थानीयस्तरको गा.पा.न.पा.को टिकट लिएर जित्न त ५ करोडभन्दा तल के पुग्थ्यो र गाउँपालिका अध्यक्षहरु पैसाको जोहो कसरी गर्ने भन्दै नारदसँग दुःखेसो गर्दै थिए ।


कांग्रेसले छोडे साठी–चालिस


हालको राजनीतिक घट्नाले आत्मावल र मनोवल दुवै कमजोर बन्दै गएको नेकपा एस.का माधवले माओवादीसँग एउटै चुनाव चिन्ह लिएर उठ्ने ६०÷४० को चुनावी सिट भागवण्डा लगाउने चुनाव पछि पार्टी एकीकरण गर्नेसम्मको प्रस्ताव प्रचण्डसमक्ष राखेको पेरिसडाँडा पुगेकाहरु हल्ला गर्दै थिए ।


काम सिद्धिएपछि निस्क्रिय


संसद चलाउनुभन्दा सरकारलाई आवश्यक परेको ऐन, कानून अध्यादेश मार्फत् ल्यायो बाधा अड्काउ फुकायो अध्यादेश संसद्मा फेस नगरी निस्क्रिय बनायो केपीको परम्परा देउवाले कायमै प्रतिपक्ष बनेका केपी बोल्नै नसक्ने सत्तापक्ष गुम्न दिने लोसपाका महन्थहरु हल्ला गर्दै थिए ।


माधवबाजेको बुद्धि !


ओलीले भ्यायो भने हामीलाई सिध्याउँछ भन्ने कुरामा माधव बाजेको बुद्धि बल्ल फिरे छ, पैसाको लागि बाउबराजुदेखि मानि आएको धर्म सिध्याउने, पद पाइहालिन्छ कि भनेर आसोच नबार्ने, दाम चढाउन पनि जाने, फेरि त्यसैको विरोध गर्ने, यस्तो चरित्रलाई ठेगान लगाउने त ओली नै रहेछ भन्ने धेरै भेटिए ।


देउवाले नछोड्ने


जे जस्तो परिआए पनि देउवाले पद नछोड्ने भएका छन्, राष्ट्र, नेपाली जनताभन्दा आफ्नै पद प्यारो भएकोले उसले पद नछोड्ने भएकाले अचेल पौड्यालबाजे देउवालाई ‘असक्षम’ भनी खोस्ने शक्तिको आशामा छन् रे भनिन्छ ।