राजा वीरेन्द्र : उच्छृङ्खल राजनीति, निरीह प्रशासन

Home Feature राजनीति

काठमाडौं । राजनीति विचारको गरिन्छ । नकि मुढेबलको । माओवादीले १७ हजार मानिस मारेर गणतन्त्र ल्याउन मद्धत ग¥यो । १७ हजार मानिस मारिँदासँग राजसंस्थाले कहिल्यै माओवादीलाई सखाप पार् भनेर आदेश दिएन । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले माओवादीलाई निमिट्यान्न पार्नका लागि सेनालाई उतार्न तत्कालीन राजा वीरेन्द्र शाहलाई बिन्ती गर्न जाँदा राजा वीरेन्द्रले स्पष्ट निर्देशन दिएका थिए – माओवादी पनि नेपाली नै हुन् । उनीहरुसँग वार्ता गरेर समस्या समाधान गर्नू ।
त्यसपछि गिरिजाप्रसाद फेरि राजदरबार जाने हिम्मत गरेनन् । सम्भवतः उनलाई पनि बिझेको हुन सक्छ कि माओवादीको सशस्त्र द्धन्द्धलाई शान्तिवार्ताबाटै मत्थर पार्न सकिन्छ । उनले त्यही गरे । माओवादीले मान्छे मार्दै गयो तर त्यसयताका सरकारका नेतृत्वले केही गर्न सकेनन् । राजा वीरेन्द्रको दरबार हत्याकाण्डमा वंश नाश भयो । वीरेन्द्र रहेनन् । तर उनको निधनमा शोक नमनाउने विरलै भए होलान् ।
तिनै राजाको अस्तित्व मेट्न माओवादी अझै पनि लागिपरेको छ । उसलाई डर छ कि राजाले देखाएको त्यो सद्भाव त्यसपछिका राजा ज्ञानेन्द्र शाहले पनि देखाए । दरबारले माओवादीप्रति देखाएको सद्भावले कतिपयले त माओवादीलाई नै दरबारले चलाएको जसरी हल्ला पिट्न भ्याउँथे । तर दरबार कुनै दल वा समूहको पछि
किन लाग्थ्यो र । दरबारले त सबै जनतालाई समान देख्छ । तर त्यही राजसंस्थाको पनि अन्त्य गरेर देशमा गणतन्त्र लादेर अहिले विध्वंश मच्याउने काम भइरहेको छ । राजसंस्थाले आफ्नो कू(कर्ममा साथ नदिएको गिरिजाको झ्वाँकसँगै कूकर्मबाटै हुर्केको माओवादीको बलका कारण गणतन्त्र आयो । अहिले त्यही गणतन्त्रले धेरैलाई दुःख दिएको छ । राजा फालेर आफूहरुको कूकर्मलाई बढावा दिइरहेका माओवादीको हिंसारुपी संस्कार अझै नगएको गत बिहीबारको हर्कतले पनि देखाउँछ । गत बिहीबार जेठ १९ गते राजा वीरेन्द्रको वंशनाश भएको दिन । त्यो दिनको सम्झना गर्न राजप्रेमीहरु मनपराउँदैनन् । र पनि वाध्य भएर उनीहरु राजालाई सम्झन्छन् । निकै गह्रौं मन लिएर उनीहरुले राजाको सम्झना गर्छन् ।
त्यही दिन नै नेपालगञ्जमा माओवादीले राजा वीरेन्द्रको शालिक राख्न दिएन । राजावादीहरुले राजा वीरेन्द्रको शालिक राख्न खोजिरहेका थिए । आखिर शालिक भनेको मृत्यु भइसकेका व्यक्तिको राखिन्छ । त्यसमा पनि देशलाई योगदान दिएकाको शालिक ठडिन्छ सम्मानमा । माओवादीले अहिले पनि शालिक राख्न दिएन । स्रोतका अनुसार नेपाली कांग्रेस र नेकपा एमालेले मौन समर्थन जनाएको थियो । अर्थात् राजा वीरेन्द्रको शालिक राख्दा फरक नपर्ने कांग्रेस एमालेको लाइन थियो । दुर्भाग्य माओवादीले शालिक राख्न दिएन । साथ भने प्रशासनले दियो माओवादीलाई । जसका कारण बिहीबार नेपालगञ्ज हिंसामा बदलियो । धम्बोजी चोकमा शालिक राख्न नदिएपछि राजावादीहरुको समूहले प्रहरीमाथि नै ढुंगामुढा गर्न पुगे । प्रहरीले नै शालिक राख्न दिएन । त्यसमाथि पनि जिल्ला प्रशासन कार्यालय निरीह देखियो । उनले पनि माओवादीकै नीतिको साथ दियो ।
जसका कारण दुई दर्जनको हाराहारीमा घाइते भए । फेरि पनि चोट त नेपालीलाई नै प¥यो । राजावादीहरुको स्पष्ट लाइन थियो (गणतन्त्रमा शालिक झिक्न हुने तर आस्थाले शालिक राख्न किन नमिल्ने ? यसको जवाफ गणतन्त्रवादीहरुसँग छैन । जतिसुकै गणतन्त्रको राप अलापे पनि जनतालाई गणतन्त्रको अनभूति गर्न नदिई आफूले नै हालीमुहाली गरिरहेका नेताहरुका लागि भने कठिनका दिन आउने निश्चित छ । लादिएको कुनै पनि व्यवस्था धेरै टिक्दैन । माओवादीको यो उश्रृंखल उन्मादले गर्दा धेरैलाई वितृष्णा बनाइरहेको छ । राजा हटाए आफू राष्ट्रपति बन्न पाउने लोभले जसरी गिरिजाले राजसंस्था फाल्न भूमिका खेले त्यसरी नै माओवादी लागिरहेको छ । यो हिंसावाद धेरै नटिक्ने निश्चित छ ।