पूर्वराजा ज्ञानेन्द्रको ‘दुई मुटु यौटा बाटो’ कविता संग्रह प्रकाशित

समाचार

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा रचित ‘दुई मुटु यौटा बाटो’ नामक कविता संग्रह प्रकाशित भएको छ । पूर्वराजाको जन्मोत्सवको अवसरमा जी शाहको नाममा सो कृति प्रकाशनमा आएको हो । प्रकाशित कृतिमा पूर्वराजा शाहले जीवन, जगत, मानवीय मूल्य, मान्यता तथा भावना संवेदनमा आधारित कविताहरू रचना गर्नुभएको छ । उक्त कविता संग्रहमा देश परिवेश प्रकृति र बर्तमान मौजुदा स्थीति एवम गतिबिधिका बारेमा प्रकाश पारिएको छ ।