नेपाललाई हिन्दूराष्ट्र बन्न नदिने नियतले बनेको नयाँ गठबन्धन

Home Feature

काठमाडौँ । पश्चिमाहरुले नेपाललाई धर्म निरपेक्षमै राखेर क्रिष्टियन धर्मको ब्यापक प्रचारप्रसार गर्नका लागि सत्ता नै फेरिदिएका छन् । नेपाल पुनः हिन्दू राष्ट्र घोषित भए क्रिष्टियनहरुका गतिविधि ठप्प हुने भन्दै युरोपियन युनियनले नयाँ सत्ता गठबन्धन गरेको व्यापक चर्चा छ । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले महासमिति बैठकमा हिन्दू धर्मको प्रसङ्ग निकालेसँगै युरोपियन युनियन मिलेर नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई मिलाइदिएर सत्ता नै परिवर्तन गराइदिएका हुन् । ईयूको विचारमा कांग्रेस र अर्को हिन्दू धर्म मान्ने राप्रपा सत्ता बाहिर भएपछि कमजोर हुने आँकलन गर्दै दुवै पार्टीलाई सत्ताबाट टाढा राख्ने लक्ष्यसहित नयाँ गठबन्धन गराइदिएको सर्वत्र चर्चा छ ।
यसमा चीन र युरोपियन युनियनको स्वार्थ केही हदसम्म मिलेपछि थप मलजल गरेकोसमेत बुझिन्छ । चिनियाँ पहलका कारण एमाले र माओवादीबीच फेरि पार्टी एकता गरेर अगाडि बढ्ने योजनाअनुरुप नै अहिलेको नयाँ सत्ता गठबन्धन बनेको दाबी गरिएको छ । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट एकताकै लागि गठबन्धन भएको सोमबार नै बताइसकेका छन् । उनले नेपालका सबै कम्युनिष्टहरु एक जुट हुनुको विकल्प नभएको पनि बताएका छन् । छ वर्षअघि प्रतिनिधि सभाको निर्वाचनका लागि एमाले र माओवादीबीच चुनावी गठबन्धन भएको थियो । त्यो गठबन्धनपछि चिनियाँ दबाबका कारण पार्टी एकतासम्म नै पुग्यो । तर तीन वर्षपछि फेरि टुक्रियो । अब फेरि पुरानै स्थितिबाट अगाडि बढ्नका
लागि चीनले फेरि एमाले र माओवादीलाई मिलाइदिएको छ । उसको इच्छानुसार नै कम्युनिष्ट नेतृत्वको सरकार बनेको छ । यसपालिको गठबन्धनले राजनीतिकमात्र हैन आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक प्रभावसमेत पार्ने विश्वास गरिएको छ । संक्रमणकालीन द्वन्द्व सम्बन्धी (टीआरसी) को प्रसङ्ग जोडेर प्रचण्डले पश्चिमालाई सहमतिमा ल्याउन सफल भएको दाबीसमेत गरिएको छ । माओवादीले टीआरसी विधेयकलाई पारित गरेर द्वन्द्व व्यवस्थापन नगरेसम्म उसलाई सहज अवश्य हुने छैन । यसमा चीनले त सम्झाएको छ नै पश्चिमा देशहरु जो शान्ति प्रक्रियापछि माओवादीसँग नजिकिएका थिए उनीहरुसमेत सक्रिय भएका छन् ।
चीनसँग स्वार्थ मिलेको विषय हो भारतको निर्वाचन प्रभावित पार्ने प्रसङ्ग । भारतमा लोकसभाको चुनाव हुँदै गर्दा त्यसअघि नै नेपालमा राजनीतिक परिवर्तन गर्नुपर्नेमा चीन लागिरहेको थियो । सोहीअनुसार चीनका प्रतिनिधिहरु निरन्तर काठमाडौँमा आई आफ्ना गतिविधिलाई अगाडि बढाइरहेका थिए । पुरानो गठबन्धन रहेसम्म भारत विरोधी गतिविधि गर्न कठिन हुने संकेत पाएको उत्तरले सबै हत्कण्डा अपनाएर भए पनि यो नयाँ गठबन्धन गराएको बुझिन्छ । त्यस्तै युरोपियन युनियन पनि भारतमा नरेन्द्र मोदीको तेस्रो कार्यकाल सरकार हाँक्ने योजना रोक्न लागिपरेको छ । यहाँ चीन र पश्चिमा देशहरुको घाँटी जोडिएको हो । मोदी हुँदा विश्वमै हिन्दू फैलने त्रासबीच मोदीलाई सदाका लागि सत्ताबाट हटाउन कांग्रेस आईको समूहबीच एकता त भएकै छ पश्चिमा राष्ट्रहरुसमेत एकजुट भएका छन् । पश्चिमा राष्ट्रहरुले नै भारतमा भाजपाविरुद्धको गठबन्धन बनाउन लगानी गरेका छन् ।
भारत निकट एक उच्च स्रोतका अनुसार मोदी तेस्रो कार्यकाल प्रधानमन्त्री भएमा नेपाललाई हिन्दू राष्ट्र बनाउन पहल गर्नेछन् । उनले कांग्रेस र राप्रपालाई मिलाएर बाँकी रहेका लोकतान्त्रिक पार्टीहरु पनि समेटेर जाने लक्ष्य लिएको बताइन्छ । यसकै डरले पश्चिमा र चीनले मोदीलाई नै हराउने योजना बनाएका छन् । कम्युनिष्टहरुको यो धोकाधडीका कारण कांग्रेस पनि तनावमा रहेकाले अब राप्रपासमेतलाई समेटेर अगाडि बढ्न खोजेको बुझिन्छ । यसो हुँदै गयो भने मोदीले जितेका खण्डमा नेपालमा फेरि सत्ता परिवर्तन हुने सम्भावना छ ।